कार्यालय प्रमुखको कार्यविवरणः
- डिजास्टर रिकभरी केन्द्रको दैनिक कार्य सञ्चालन एवं व्यवस्थापन गर्ने।
- सरकारी नेटवर्क पूर्वाधार, विद्युतीय शासन तथा संस्थागत क्षमता विकासका कार्यक्रम प्रस्ताव गर्ने, कार्यान्वयन तथा अनुगमन गर्ने।
- डिजास्टर रिकभरी केन्द्रको Standard Operating Procedure तयार गर्ने तथा Compliance Monitoring गर्ने, गराउने ।
- अन्तर्गतका कर्मचारीहरुको सुपरीवेक्षण एवं मूल्याङ्कन गर्ने।
- तोकिएका अन्य कार्य गर्ने, गराउने।
कम्प्युटर ईन्जिनियरको कार्यविवरणः
- क्लाउड सर्भर, स्टोरेज, तथा भर्चुअलाइजेसन प्लेटफर्मको व्यवस्थापन र सञ्चालन गर्ने।
- सरकारी निकायहरूलाई आवश्यक पर्ने VPS/VM तथा सर्भर कोलोकेसन पूर्वाधार उपलब्ध गराउने।
- डाटा सुरक्षा तथा पुनः प्राप्तिको लागि नियमित डाटा ब्याकअप योजना निर्माण र व्यवस्थापन गर्ने।
- आपतकालीन अवस्था (Disaster Recovery) को योजना बनाउने र अद्यावधिक राख्ने।
- सर्भर, स्टोरेज, प्रणाली (System), तथा क्लाउड पूर्वाधारको विस्तार, मर्मत, सञ्चालन, र निगरानी गर्ने ।
- प्रणालीको कार्यक्षमता (System Performance), अपटाइम, र स्वास्थ्य परीक्षण (Health Check) नियमित रूपमा कार्यान्वयन गर्ने ।
- डाटा सेन्टरको पहुँच नियन्त्रण (Access Control), सुरक्षा निगरानी (Surveillance) तथा वातावरणीय निगरानी (Environmental Monitoring) व्यवस्थापन गर्ने ।
- DRO को Local Area Network (LAN) को प्रबन्ध गर्ने।
- नेटवर्क सम्बन्धी उपकरणहरुको परीक्षण गर्ने।
- Routing Protocols (OSPF, BGP, RIP) आदि Configure गर्ने।
- IVP4, IVP6 को ठेगाना निर्धारण गर्ने (address allocation) ।
- निरन्तर रूपमा अनुगमन, विश्लेषण र प्रस्तुतिकरण द्वारा Network को Performance लाई सुदृढ बनाउने।
- नेटवर्क उपकरणहरू (राउटर, स्विच, फायरवाल, डिडोस सुरक्षा प्रणाली, लोड ब्यालेन्सर आदि) को सञ्चालन तथा व्यवस्थापन गर्ने।
- डाटा सेन्टरको नेटवर्क डिजाइन, संरचना र तिनीहरूको प्रबन्ध गर्ने।
- डाटा सेन्टर नेटवर्क पूर्वाधारको सञ्चालन र व्यवस्थापन गर्ने।
- नेटवर्क पहुँच, निगरानी, नियन्त्रण तथा मूल्याङ्कन प्रणाली लागू गरेर नेटवर्क सुरक्षित राख्ने।
- लगातार निगरानी, विश्लेषण र प्रतिवेदनद्वारा नेटवर्कको कार्यक्षमता (Performance) सुधार गर्ने।
- उच्च उपलब्धता (High Availability) र न्यून विलम्बता (Low Latency) सुनिश्चित गर्ने।
- नेटवर्कका समस्याहरुको पहिचान तथा समाधान गर्ने।
- Router, Switches, Network Manager, Bandwidth Manager जस्ता network devices को प्रबन्ध, उपयोग तथा व्यवस्थापन गर्ने।
- Wireless Network र WIFI को व्यवस्थापन गर्ने।
- VPN (Virtual Private Network) र सुरक्षित टनेलिङ प्रविधिको व्यवस्था र मर्मत गर्ने।
- नेटवर्क ट्राफिकको निगरानी र अनुगमनका लागि Network and Security Tools को प्रयोग गरी नेटवर्क लाई सुरक्षित गर्ने।
- DDoS (Distributed Denial of Service), Ransomware, Data Breach, आदि आक्रमणबाट जोगिने रणनीति बनाउने र कार्यान्वयन गर्ने।
- डाटा सुरक्षा सम्बन्धी कार्य र रणनीति अपनाउने।
- DDoS (Distributed Denial of Service) आक्रमणबाट जोगिने रणनीति बनाउने र कार्यान्वयन गर्ने।
- सिंहदरबार नेटवर्क पूर्वाधारको सञ्चालन/व्यवस्थापन गर्ने ।
- साइबर सुरक्षा नीति, मापदण्ड, नियमावली निर्माण गर्ने र कार्यान्वयनमा ल्याउने।
- आपतकालीन अवस्थामा नेटवर्क पुनर्स्थापना (Disaster Recovery) योजना तयार गर्ने र परीक्षण गर्ने।
- प्रणालीमा आउने साइबर सुरक्षासम्बन्धी जोखिमको मूल्यांकन र नियमित रूपमा सुरक्षा अपडेट (Patch Management) कार्यान्वयन गर्ने।
- नेटवर्क ट्राफिकको निगरानी गर्ने र कुनै पनि अनधिकृत गतिविधि पहिचान गरी नियन्त्रण गर्ने।
- नेटवर्क पँहुच, अनुगमन, नियन्त्रण तथा मूल्याङ्कन प्रणाली लागू गरी नेटवर्क लाई सुरक्षित गर्ने।
- निरन्तर रूपमा अनुगमन, विश्लेषण र प्रस्तुतिकरणद्वारा नेटवर्कको Performance लाई सुदृढ बनाउने।
- तोकिएका अन्य कार्य गर्ने, गराउने।
कम्प्युटर अधिकृतको कार्यविवरणः
- क्लाउड सर्भर, स्टोरेज, तथा भर्चुअलाइजेसन प्लेटफर्मको व्यवस्थापन र सञ्चालन गर्ने।
- सरकारी निकायहरूलाई आवश्यक पर्ने VPS/VM तथा सर्भर कोलोकेसन पूर्वाधार उपलब्ध गराउने।
- डाटा सुरक्षा तथा पुनः प्राप्तिको लागि नियमित डाटा ब्याकअप योजना निर्माण र व्यवस्थापन गर्ने।
- आपतकालीन अवस्था (Disaster Recovery) को योजना बनाउने र अद्यावधिक राख्ने।
- सर्भर, स्टोरेज, प्रणाली (System), तथा क्लाउड पूर्वाधारको विस्तार, मर्मत, सञ्चालन, र निगरानी गर्ने ।
- प्रणालीको कार्यक्षमता (System Performance), अपटाइम, र स्वास्थ्य परीक्षण (Health Check) नियमित रूपमा कार्यान्वयन गर्ने ।
- डाटा सेन्टरको पहुँच नियन्त्रण (Access Control), सुरक्षा निगरानी (Surveillance) तथा वातावरणीय निगरानी (Environmental Monitoring) व्यवस्थापन गर्ने ।
- DRO को Local Area Network (LAN) को प्रबन्ध गर्ने।
- नेटवर्क सम्बन्धी उपकरणहरुको परीक्षण गर्ने।
- Routing Protocols (OSPF, BGP, RIP) आदि Configure गर्ने।
- IVP4, IVP6 को ठेगाना निर्धारण गर्ने (address allocation) ।
- निरन्तर रूपमा अनुगमन, विश्लेषण र प्रस्तुतिकरण द्वारा Network को Performance लाई सुदृढ बनाउने।
- नेटवर्क उपकरणहरू (राउटर, स्विच, फायरवाल, डिडोस सुरक्षा प्रणाली, लोड ब्यालेन्सर आदि) को सञ्चालन तथा व्यवस्थापन गर्ने।
- डाटा सेन्टरको नेटवर्क डिजाइन, संरचना र तिनीहरूको प्रबन्ध गर्ने।
- डाटा सेन्टर नेटवर्क पूर्वाधारको सञ्चालन र व्यवस्थापन गर्ने।
- नेटवर्क पहुँच, निगरानी, नियन्त्रण तथा मूल्याङ्कन प्रणाली लागू गरेर नेटवर्क सुरक्षित राख्ने।
- लगातार निगरानी, विश्लेषण र प्रतिवेदनद्वारा नेटवर्कको कार्यक्षमता (Performance) सुधार गर्ने।
- उच्च उपलब्धता (High Availability) र न्यून विलम्बता (Low Latency) सुनिश्चित गर्ने।
- नेटवर्कका समस्याहरुको पहिचान तथा समाधान गर्ने।
- Router, Switches, Network Manager, Bandwidth Manager जस्ता network devices को प्रबन्ध, उपयोग तथा व्यवस्थापन गर्ने।
- Wireless Network र WIFI को व्यवस्थापन गर्ने।
- VPN (Virtual Private Network) र सुरक्षित टनेलिङ प्रविधिको व्यवस्था र मर्मत गर्ने।
- नेटवर्क ट्राफिकको निगरानी र अनुगमनका लागि Network and Security Tools को प्रयोग गरी नेटवर्क लाई सुरक्षित गर्ने।
- तोकिएका अन्य कार्य गर्ने, गराउने।
इलेक्ट्रिकल ईन्जिनियरको कार्यविवरणः
- डाटा सेन्टरको इलेक्ट्रिकल प्रणाली सुदृढीकरणका लागि वार्षिक कार्यक्रम प्रस्ताव, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने ।
- डाटा सेन्टरमा विद्युतीय प्रणालीको डिजाइन, निर्माण, संशोधन तथा अपग्रेड गरी उच्च गुणस्तरको सेवा सुनिश्चित गर्ने ।
- पावर सिस्टम, भोल्टेज, फ्रिक्वेन्सी, बिद्युत खपत लगायतका विषयमा नियमित अनुगमन, विश्लेषण, पूर्व तयारी गरी विद्युतीय प्रणालीलाई चुस्त दुरुस्त राख्ने ।
- बिद्युतिय प्रणालीमा प्रयोग भएका सफ्टवेयर तथा हार्डवेयरको नियमित Performance Audit गर्ने ।
- डाटा सेन्टरमा निर्वाध विद्युत आपूर्तिको लागि ब्याट्रि, यू.पि.एस. तथा जेनेरेटरको नियमित परीक्षण गर्ने, गराउने ।
- डाटा सेन्टरमा रहेका CRAC, HVAC र Normal Air Conditioner हरुको नियमित अनुगमन तथा मर्मत संभार गर्ने, गराउने ।
- डाटा सेन्टरका सम्पूर्ण ईलेक्ट्रिकल मेशिनहरु, विद्युत नेटवर्क लगायतलाई व्यवस्थापन तथा मर्मत सम्भार गर्ने, गराउने ।
- तोकिको अन्य कार्य गर्ने, गराउने।
कम्प्युटर टेक्निसियनको कार्यविवरणः
- सर्भर तथा सिस्टमको रेखदेख, व्यवस्थापन तथा समस्या समाधान गर्न सहयोग गर्ने ।
- सरकारी निकायहरूलाई आवश्यक पर्ने सर्भर कोलोकेसन पूर्वाधार उपलब्ध गराउने।
- क्लाउड पूर्वाधारको दैनिक अनुगमन (24/7 Monitoring) गर्दै प्रणालीमा हुने समस्या तुरुन्त पहिचान र समाधान गर्न सहयोग गर्ने ।
- सबै सर्भर, भर्चुअल मेशिन र स्टोरेजको सूचीकरण (Inventory Management) र अद्यावधिक अभिलेख राख्न सहयोग गर्ने।
- क्लाउड सेवासँग सम्बन्धित प्रतिवेदन (Usage Reports, System Health Reports) तयार गर्न सहयोग गर्ने।
- क्लाउड सेवामा हुने डाउनटाइम, समस्या तथा समाधानको लग (Incident Management Log) राख्ने।
- अन्य तोकिएको कार्य गर्ने।
इलेक्ट्रिकल टेक्निसियनको कार्यविवरणः
- कार्यालयको विद्युतीय प्रणालीको निरन्तर रेखदेख र सञ्चालन गर्ने कार्य गर्ने ।
- पावर सिस्टम मेशिनरी, भोल्टेज उपकरणले गर्ने बिद्युत खपत लगायतका विषयमा भएका गतिविधिहरूलाई शाखा प्रमुखलाई नियमित जानकारी गराउने ।
- विद्युतीय प्रणालीलाई चुस्त दुरूस्त राख्ने तथा नियमित मर्मत गर्ने ।
- विद्युतीय जोखिम कम गरी मेशिन उपकरणहरूको उचित सञ्चालन, सम्भार तथा रेखदेख गर्ने ।
- निरन्तर विद्युत आपूर्तिका लागि गर्नुपर्ने कार्यहरु नियमित रूपमा गर्ने ।
- विद्युतीय प्रणालीमा केही समस्या भएमा तत्काल प्रमुखलाई जानकारी दिई तत्काल अन्य उपाय अबलम्वन गर्ने ।
- विद्युत सर्ट हुन सक्ने मेशिनरी उपकरणको जोखिम कम गर्न जडान गर्नु पर्ने सामानहरु जडान गर्ने।
- कार्यालयका विभिन्न विद्युत सम्बन्धी मेशिनहरुको मर्मत सम्भार गर्ने तथा इलेक्ट्रिकल समस्याहरुलाई समाधान गर्ने ।
- आवश्यकता अनुसार तोकिएका अन्य कार्यहरु गर्ने ।
नायब सुब्बाको कार्यविवरणः
- कर्मचारीहरुको अभिलेख, दरबन्दी, सरुवा लगायतको विवरण तयार गर्ने ।
- शाखा एवं भन्डारण मौज्दात सम्पूर्ण भौतिक सामान तथा उपकरणहरुको अभिलेख वा प्रचलित नियमानुसार अद्यावधिक राख्ने।
- स्टोरमा मौज्दात सामान स्वीकृत माग फाराम बमोजिम दिने र प्रचलित नियम एवं स्वीकृत खरिद आदेश बमोजिम बजारबाट खरिद गर्नुपर्ने सामान खरिद गर्ने र सोको अभिलेख अद्यावधिक राखी सुपरिवेक्षक समक्ष पेश गर्ने ।
- जिन्सी सामानहरुको प्रचलित नियमानुसार निरीक्षण र पुराना सामानहरुको लिलाम बिक्री सम्बन्धी कायमा सुपरिवेक्षकलाई सघाउने ।
- भौतिक भवन तथा सोमा जडान गरिएका उपकरणहरुको मर्मतसम्भार सम्बन्धी कार्यमा सहयोग गर्ने।
- प्रशासन, तथा स्टोर सम्बन्धी पत्राचार भएका कागजात एवं फाईलहरुको विवरण अद्यावधिक राखी सोको ससंरक्षण सम्बन्धी कार्य गर्ने ।
- पुस्तकालय व्यवस्थापन कार्य गर्ने, गराउने।
- मातहतका कर्मचारीको कार्यको सुपरिबेक्षण गर्ने ।
- कार्यालयका चिठीपत्र दर्ता गर्ने |
- आवश्यकता अनुसार तोकिएका अन्य कार्यहरु गर्ने ।
लेखापालको कार्यविवरणः
- कार्यालयको वार्षिक बजेट तर्जुमा गर्ने कार्यमा सहयोग गर्ने।
- वार्षिक बजेट र अख्तियारी बमोजिम निकासा प्राप्त रकम प्राप्त गरी अधिकारवालाको स्वीकृतिमा खर्च गरी तोकिएबमोजिम लेखा राख्ने।
- वार्षिक आय-व्यय विवरण तयार पारी लेखापरीक्षण गराउने कार्यमा सहयोग गर्ने।
- लेखापरीक्षणबाट उठेका बेरुजुहरूको लगत राखी सम्परीक्षण गराउने ।
- आवश्यकता अनुसार तोकिएका अन्य कार्यहरु गर्ने ।
हलुका सवारी चालकको कार्यविवरणः
- नियमित रूपमा तोकिए अनुसार सवारी साधन सञ्चालन गर्ने।
- सवारी साधनको उचित स्याहारसम्भार गरी राख्ने।
- सवारी साधनको मोविल, ग्रिज, पेट्रोल खर्च भएको विवरण राखी लगवुक तयार गर्ने।
- साधारण मर्मत सम्भार गरी सवारी साधनलाई चालु अवस्थामा राख्ने र मर्मत गराउनु परे आदेशानुसार मर्मत गराउने।
- नियमित रुपले सुरक्षापूर्वक सवारी साधन चलाउने ।
- आवश्यकता अनुसार तोकिएका अन्य कार्यहरु गर्ने ।
कार्यालय सहयोगीको कार्यविवरणः
- आफूलाई तोकिएको इकाई वा फाँटको कोठाको सफाई र सुरक्षा गर्ने,
- आफू भन्दा माथिल्ला तहका कर्मचारीले अह्राएका सरकारी कामहरु गर्ने,
- इकाईका कर्मचारीहरुले लगाए बमोजिम फाइल कागजातहरु मिलाउने र राख्ने कार्य गर्ने,
- दर्ता चलानी फाँटको कोठाको सफाई गर्ने,
- दर्ता भएका र चलानी भएका पत्रहरुलाई तोकिएको कार्यालय, इकाई, फाँट वा व्यक्तिलाई बुझाई भरपाई गराई बुझाउने र भरपाई बुक सुपरीवेक्षकलाई बुझाउने,
- यस पदलाई निर्दिष्ट गरीएका कार्यकक्ष, बैठक, छलफल कार्यक्रममा पिउने पानी, चिया नास्ता ल्याउने लैजाने लगायत कार्यालयसँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
- आवश्यकता अनुसार तोकिएका अन्य कार्यहरु गर्ने ।