सूचना प्रविधि इकाई

  • क्लाउड सर्भर, स्टोरेज, तथा भर्चुअलाइजेसन प्लेटफर्मको व्यवस्थापन र सञ्चालन गर्ने।
  • प्राविधिक टोलीबीच स्पष्ट कार्य विभाजन (Role-based Operations) SOP (Standard Operating Procedure) को पालना गराउने।
  • सरकारी निकायहरूलाई आवश्यक पर्ने सर्भर कोलोकेसन पूर्वाधार उपलब्ध गराउने।
  • VPN (Virtual Private Network) र सुरक्षित टनेलिङ प्रविधिको व्यवस्था गर्ने।
  • डाटा सुरक्षा तथा Recovery लागि नियमित डाटा ब्याकअप योजना निर्माण र व्यवस्थापन गर्ने।
  • नेटवर्क ट्राफिकको निगरानी र अनुगमनका लागि Network and Security Tools को प्रयोग गरी नेटवर्क लाई सुरक्षित गर्ने।
  • क्लाउड सेवासँग सम्बन्धित प्रतिवेदन (Usage Reports, System Health Reports) तयार गर्ने।
  • क्लाउड पूर्वाधारको दैनिक अनुगमन (Monitoring) गर्दै प्रणालीमा हुने समस्या तुरुन्त पहिचान र समाधान गर्ने
  • प्रणालीको कार्यक्षमता (System Performance), अपटाइम, र स्वास्थ्य परीक्षण (Health Check) नियमित रूपमा कार्यान्वयन गर्ने।
  • सबै सर्भर, भर्चुअल मेशिन र स्टोरेजको सूचीकरण (Inventory Management) र अद्यावधिक अभिलेख राख्ने।
  • क्लाउड सेवामा हुने डाउनटाइम, समस्या तथा समाधानको लग (Incident Management Log) राख्ने।
  • नेटवर्क उपकरणहरू (राउटर, स्विच, फायरवाल, डिडोस सुरक्षा प्रणाली, लोड ब्यालेन्सर आदि) को सञ्चालन तथा व्यवस्थापन गर्ने।
  • उच्च उपलब्धता (High Availability) र न्यून विलम्बता (Low Latency) सुनिश्चित गर्ने।

प्रशासन तथा विद्युतीय प्रणाली इकाई

  • डाटा सेन्टरको इलेक्ट्रिकल प्रणाली सञ्चालन/सुदृढीकरणका लागि वार्षिक कार्यक्रमहरूको कार्यान्वयन/तर्जुमा गर्ने।
  • डाटा सेन्टरलाई २४ सै घण्टा सञ्चालन गर्न डाटा सेन्टरको विद्युतीय प्रणालीको डिजाइन, निर्माण, संशोधन तथा अपग्रेड गरी उच्च गुणस्तरको सेवा सुनिश्चित गर्ने ।
  • पावर सिस्टम, भोल्टेज, फ्रिक्वेन्सी, विद्युत खपत लगायतका विषयमा नियमित अनुगमन, विश्लेषण, पूर्व तयारी गरी विद्युतीय प्रणालीलाई चुस्त दुरुस्त राख्ने।
  • विद्युतीय प्रणालीका सफ्टवेयर र हार्डवेयरको Performance Audit गरी तिनको सु-सञ्चालन, मर्मत सम्भा गर्ने, गराउने।
  • डाटा सेन्टरमा निर्वाधरूपमा विद्युत आपूर्ति व्यवस्था मिलाउन ब्याट्रि, यू. पि. एस. जेनेरेटरको नियमित परिक्षण तथा मर्मत सम्भा गर्ने गराउने।
  • डाटा सेन्टरमा रहेका CRAC, HVAC Normal Air Conditioner हरुको नियमित अनुगमन, मर्मत सम्भार गर्ने गराउने।
  • डाटा सेन्टरका सम्पूर्ण ईलेक्ट्रिकल मेशिनहरु, विद्युत नेटवर्क लगायतलाई व्यवस्थापन तथा मर्मत सम्भार गर्ने गराउने
  • Checklist बमोजिम विद्युती प्रणालीको कार्यक्षमता (System Performance), अपटाइम, र स्वास्थ्य परीक्षण (Health Check) आदिको नियमित रूपमा अनुगमन गर्ने गराउने
  • डाटा सेन्टरका सूचना प्रविधि कर्मचारीहरुको प्राविधिक दक्षता तथा क्षमता अभिवृद्धिका लागी तालिम तथा अध्ययन/अवलोकन भ्रमण सम्बन्धी कार्यहरु गर्ने।
  • डाटा सेन्टर सीप विकास तथा प्रविधि हस्तान्तरण गर्ने।
  • डाटा सेन्टरको प्राबिधिक स्टोरको ब्यबस्थापन गर्ने ।
  • नियमानुसार खरिद, नविकरण र अद्यावधिक गरीएका सवै उपकरण र सफ्टवेयरहरूको रीतपूर्वक दाखिला गरी जिन्सी सम्पत्तिको विवरण अद्यावधिक गरी राख्ने ।
  • वर्षभरीमा आवश्यक पर्ने उपकरण र सफ्टवेयरहरूको लगत बनाई खरिद गर्न स्वीकृतिका लागि पेश गर्ने।
  • केन्द्रमा आवश्यक पर्ने उपकरण र सफ्टवेयरहरूको नियमानुसार आपूर्तिको राम्रो व्यवस्था मिलाउने, प्राप्त सामग्रीको सञ्चय र समुचित सदुपयोग हुने व्यवस्था मिलाउने, सामानको अद्यावधिक तथ्याङ्क राख्ने र खर्च, लिलाम तथा अन्य मिनाहा लगत कट्टी आदि कार्यहरू गर्ने।
  • उपकरणहरूको मर्मत, संम्भार तथा संरक्षण गर्ने व्यवस्था मिलाउने ।
  • खरिद तथा निर्माण कार्यको लागि बजेट तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने।
  • कार्यालयको कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु गर्ने।
  • कार्यालयको आर्थिक प्रशासन सम्बन्धित कार्यहरु लेखा परीक्षण गराउने, बेरुजुहरू फछ्यौट गर्न रायसाथ पेश गर्ने।
  • साधारण तथा विकास बजेट तयार गर्ने।प्रचलित आर्थिक नियमको परिधिभित्र रही कार्यालय प्रमुखको निर्देशनमा बजेट खर्च गर्ने। को.ले.नि.का. तथा म.ले.प.को कार्यालयबाट औंल्याइएका बेरुजुहरू समयमै फर्छ्यौट गर्ने।
  • कार्यालयमा भएका आर्थिक कार्यहरुको नियमानुसार आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने।